सत्ता गठबन्धनले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने, रामचन्द्र पाैडेल चुनावी कमान्डर

काठमाण्डाै – सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । आज बिहीवार बसेकाे गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।

यस्ताे छ तालिका–

सत्ता गठबन्धनले कात्तिक ४ गते बिहान ११ बजे पोखरा, त्यही दिन दिउँसाे २ बजे बुटवल, कात्तिक ५ गते दिउँसाे ११ बजे विराटनगर, त्यही दिन दिउँसाे २ बजे जनकपुर, कात्तिक ६ गते बिहान ११ बजे धनगढी, कात्तिक ६ गते दिउँसाे २ बजे सुर्खेत र कात्तिक ७ गते बिहान काठमाण्डाैमा भेला गर्ने भएकाे हाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा