चुनाव खर्चकाे विवरण सुरक्षा निकायबाट सङ्कलन गरिने

असोज २७,

काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ ।

आयोगले उम्मेदवार  तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे/नगरेकोबारे सुरक्षा निकायबाट विवरण सङ्कलन गर्ने भएको हो । कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाउँदै आयोगले निर्वाचन आचारसंहिता पालना भएको नभएको पनि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय संरचनाबाट गर्ने भएको छ ।

आज बिहीवार बसेकाे आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे/नगरेको र आचारसंहिता पालना भए/नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने जनाएकाे छ । उम्मेदवार तथा राजनीतिक दलले चुनावमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको आयोगकाे भनाइ छ ।

यस्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत काम गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएको हो । आयोगको निर्देशनअनुसार कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई कारबाही सुरु गर्ने पनि आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा