नव प्रगतिशिल युवा क्लवको २३ औँ बार्षिकोत्सव सम्पन्न

गुल्मी, छत्रकोट गाउँपालिका –३ स्थित नव प्रगतिशित युवा क्लवको २३ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बार्षिकोत्सवमा क्लवका संरक्षक एवम् छत्रकोट गाउँपालिकाका पूर्व अध्यक्ष मधुकृष्ण पन्थलाई अभिनन्दन गरिएको छ । त्यसैगरी कलाकारहरु विष्णु श्रीपाली, शुशिला नेपाली, बाबुराम परियार, नारायण बिपि परियार र विष्णु पन्थको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको क्लवका संस्थापक अध्यक्ष जनक पन्थले जानकारी दिए । कार्यक्रम क्लवका अध्यक्ष जीवन पन्थको अध्यक्षता, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, क्लवका उपाध्यक्ष मनिषा श्रेष्ठको स्वागत मन्तव्य एवम् सचिव मेघु कंडेलको संचालनमा सम्पन्न भएको संस्थापक अध्यक्ष पन्थले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा