चौथो पुल्चोक कप २०८०,बुधवार देखी सुरु

गुल्मी, ११ असोज । चौथो पुल्चोक कप २०८०, बुधवार देखी सुरु भएको छ् । बुधवार भएको पहिलो दिनको खेलमा सिद्धबाबा माध्यमीक् बिधालय ,अर्जुन ईंग्लिश बोर्डिङ स्कुलले विजय सुरुवात गरेका छन । बुधवार भएको पहिलो खेलमा सिद्वाबाबा माध्यमीक् बिधालय रेसुङ्गा ८ ले भगवती माद्यामिक विद्यालय रेसुङ्गा १० सिमिचौरलाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ । खेलमा आफ्नो वर्चस्व जमाएको सिद्धबाबा माविको लागि केशरी पुनले २ गोल र क्याप्टेन कुसुम विश्वकर्माले १ गोल गरिन । सिद्धबाबा माविले पुल्चोक कपका सबै संस्करणको उपाधी हात पार्न सफल भएको विद्यालय हो । अहिले पनि यस विद्यालयलाई उपाधिको दाबेदार मानिएको छ ।

त्यस्तै दोस्रो खेलमा अर्जुन बोडिङ स्कुलले बृलियण्ट बोडिङ्ग स्कुललाई २–० ले पराजित गर्दै अघिल्लो चरणको लागि स्थान सुरक्षीत गरेको छ । उसको लागि वर्षा पुन र आकृती पुनले एक एक गोल गरे । प्रतियोगितामा उपाधी हात पार्ने विद्यालयले ३० हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा