क्यान्सर पीडितलाई १० हजार सहयोग

गुल्मी । 
रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित हाम्रो रेसुङ्गा सेवा समाजले क्यान्सर पीडित एक पुरुषलाई सहयोग रकम प्रदान गरेको छ । समाजले रेसुङ्गा नगरपालिका वडा नम्बर १० निवासी २५ बर्षिया विक्रम रामयमाझीलाई आइतबार नगरपालिकाको ०९ नम्बर वडा कार्यालयमा १० हजार प्रदान गरेको हो । उक्त रकम यसै बर्षको तिहारमा देउँसी भैलो खेलेर जम्मा भएको रकममध्येबाट प्रदान गरिएको क्लवका अध्यक्ष सरिश्मा नेपालीले बताइन् ।

वैदेशिक रोजगारीमा रहेका रायमाझी घाँटीमा क्यान्सर भएपछि नेपाल आएका थिए । उनको छ महिना अगाडी पहिलो शल्यक्रिया भएको थियो भने त्यसको दुई महिना पछाडी दोस्रो शल्यक्रिया भएको थियो । अहिले क्यान्सरको औषधी सेवन गर्नुपर्दैन तर नियमित रुपमा थाइराइडको भने औषधी सेवन गर्नुपर्छ । थाइराइडको जाँच गराउन पनि समय समयमा अस्पताल जानुपर्ने र औषधी किन्नको लागि क्लवले रकम प्रदान गरेको हो ।

रकम बुझ्दै रायमाझीले दुःखमा साथ दिने समाजलाई धन्यवाद् दिए । रेसुङ्गा सेवा समाजले यसभन्दा अगाडी पनि दुई मृगौला पीडितलाई सहयोग गरेको थियो । समाजले रेसुङ्गा नगरपालिका–०८ निवासी ५८ बर्षिया पुतलीदेवी थापा र वडा नम्बर ०९ निवासी ५३ बर्षिय नारायण सुनारलाई २०÷२० हजारका दरले प्रदान गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा वडा सदस्य जुना विश्वकर्मा, दिपक थापा, लक्ष्मी बस्नेत, सागर नेपाली, रेडियो समृद्धिका स्टेशन म्यानेजर हुमाकान्त पोखरेल, क्लवका विभिन्न पदाधिकारी, वडा सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा