यात्रामा निस्केका हामी

प्रीयंका पन्थी

आमाको कोखबाट रुदै सुरु भएको हामी यात्रीको यात्रा
आमाबाबा को अथाहा माया बोकी सुरुआत भएको हामी यात्रीको यात्रा
हुर्किदै बढ्दै गयौ जसरी
चुनौती दिने परिस्थिति अंगाल्न पुगेउं त्यसरी
बर्तमान जसरी बितेपनि भविष्य सुखी बनाउने सोच लिइ हिँडेका यात्री हामी
बस एउटा झिनो आस अनि त्यहि पुरानो सपना
मनमा राखेर हिँडेका यात्री हामी

यात्रा कै क्रममा कहिले राम्रो बन्न खोज्दा खोज्दै
कसैको नराम्रो भइन्छ
त कहिले सहि गर्दा गर्दै गलत गर्न पुगिन्छ
सबैको खुसी चाहदा चाहदै आफ्नो खुसी बिर्सन्छौ त
कहिले जितको पछि भाग्दा भाग्दै हारको नराम्रो दलदलमा फस्छौ
आखिर यही नै त होला यात्राको कठिनाइ
जहाँ जिम्मेवारीको भारी बोकेर हिँडदै गर्दा
बिसाउने कुनै चौतारी देखिँदैन

कहिले न त गन्तव्य थाह हुन्छ
न त टुङ्गो यात्रामा
अनि रुमलिन्छौ दुःखको जात्रै जात्रामा
कहिले बाटोको खोजिमा यात्रा गर्दै
कहिले यात्रा गर्नलाई बाटो खोजदै
यात्रानै त रहेछ जिन्दगी
कठिनतम मार्गले चुनौती दिइरहँदा
कोही भेटिनेछन् कोही छुटिनेछन
तमाम रहर र सङ्कल्पको झोला बोकी गन्तव्यको मार्गमा हिँडेका यात्री हामी
भविष्य के हुने हो गन्तव्यले कहाँ पुगाउने हो
कहाँ जुटने हो कहाँ टुट्ने हो
बस् यो शरीर खरानीमा परिणत हुनुभन्दा अघि
आफ्ना सारा सपना अनि जिम्मेवारी पूरा गर्ने
झिनाे अाशले गन्तव्य खोजदै हिँडेका यात्री हामी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा