जनतासँग जोडिने गरी रुपान्तरण भएर जान्छौ : केन्द्रीय सदस्य क्षेत्री

अनिल नेपाली

अर्घाखाँची ५ भाद्र । अर्थव्यबस्थालाई मजबुत बनाउन र जनताको जीवनस्तरलाई माथि उठाउनको लागि बाझो जमिन र उत्पादन प्रणाली साना उधोग घरेलु उधोगको विकासलाई पहिलो प्राथमिकता दिएर प्रत्येक पालिकामा एक देखि दुईवटा उधोगको विकास गरेर जनताको आम्दानीमा समेत परिबर्तन ल्याउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँचीका अभियान ईन्चार्ज बामदेब क्षेत्रीले बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओबादीले सञ्चालन गर्न ३ महिनाको पुर्वसन्ध्यमा आज सन्धिखर्कमा पत्रकार सम्मेलनमा बोल्दै नेता क्षेत्रीले यस्तो बताउनुभएको हो ।

नेता क्षेत्रीले पार्टीले इतिहास परिबर्तनको जग बसालेर देशमा सघीय लोकतन्त्र गणतन्त्र स्थापना भएतापनि गणतन्त्रलाई धरापमा पार्न र माओबादी आन्दोलनलाई कमजोर बनाएर देशमा परिबर्तन उल्टाउनको लागि विदेशी शक्ति निरन्तर लागि परेको बताउदै ससदमा समेत अधोषित रुपमा नाकाबन्दी भएको बताउदै माओबादीले अब जनजनमा माओबादी घर घरमा माओबादी भन्ने नारा सहित जनताका पिरमर्को दुखलाई बुझेर २०६४ सालको जस्तो माओबादी बनेर देशमा जनतालाई सुशासनको प्रत्याभुति दिलाएर भ्रष्टाचार रहित देश बनाउने अभियानमा लाग्ने बताउदै माओबादीले सबै नेता को सम्पति छानविनलाई पहिलो प्राथमिकतामा राखेको बताए । नेता क्षेत्रीले एक फरक प्रसगमा पार्टी ठुलो नभई कमिटि ठुलो भएकोले सुधारिएको पार्टी बनाउनको लागि अभियान सञ्चालन गरेको बताउदै शान्तिप्रक्रिया पछि माओबादीको यो अभियान पहिलो भएको बताउदै सबैको सल्लाह सुझाब लाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओबादीका केन्दीय सदस्य तथा सस्कृति तथा पर्यटन राज्यमन्त्री शुशिला श्रीपाली, गोेविन्द केसी ,निम ब पाण्डे , सरस्वता न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ३ महिने अभियानमा अर्घाखाँचीमा १० हजार पार्टी सदस्यता पु¥याउने , बाझो जमिनको तथ्याक एकिन गर्ने , बेरोजगारको तथ्याक एकिन गर्ने उधोगको सम्भाबनाको अध्यनन गर्ने सहिद परिबार ,घाइते परिबार ,बेपत्ता परिबार धुबिकरण र एकीकरणलाई तिब्रता दिने सरकारका राम्रा र नराम्रा कामको बारेमा जानकारी लिने माओबादीले जनाएको छ । कार्यक्रम जिल्ला सयोजक राजेन्द्र भुसालको अध्यक्षता नगर अध्यक्ष कृष्णहरि भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा