गुल्मी धुर्कोटकी महिलाको तिलोत्तमामा रहस्यमय मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २९ भदौ । गुल्मीकी एक महिलाको रूपन्देहीकाे तिलोत्तमामा रहस्यमय मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोककी अन्दाजी ४३ बर्षिया यमकला पन्थीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरमा रहस्यमय मृत्यु भएको हो । उनलाई श्रीमानले मादक पदार्थ सेवन गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि मृतकको बहिनीको जाहेरीका आधारमा श्रीमान ४५ बर्षिय ममराज पन्थीलाई बुटबल प्रहरीले नियन्त्रणमा लिएको छ । शंकरनगरमा पन्थी परिवार कोठा भाडामा लिई बस्दै आएका थिए ।

आफु बस्ने घरको तलपट्टि यमकला २७ गते बिहान अचेत अवस्थमा फेला परेकी थिइन् । उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याएपनि अस्पतालले मृत घोषणा गरेको थियो । श्रीमान ममराजले यसभन्दा अगाडी पनि मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने गरेकोले अहिले श्रीमानले नै हत्या गरेको भन्दै बहिनीहरुले ममराजका बिरुद्ध किटानी जायरी दिएका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटबलका डिएपी दान बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा