गुल्मीको धुर्कोटमा स्वतन्त्र पार्टीको नयाँ कार्यसमिति गठन

बासुदेव पोखरेल

गुल्मी, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गाउपालिका गुल्मीमा नयाँ कार्यसमिति गठन भएको छ । गाउँपालिकाको केन्द्र वर्वोटमा शनिबार सम्पन्न भेलाले उत्तम घिमिरेको नेतृत्वमा ११ सदस्यीय घुर्कोट गाउँपालिकामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपसभापति बुद्धिराम भण्डारी,सचिवमा ठाकुर प्रसाद पोखरेल,कोषाध्यक्षमा ममता घर्ती मगर लगायत ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । गुल्मी जिल्ला संयोजक युपि पोखरेलको सभापतित्वमा सम्पन्न भेलामा प्रदेश वरिष्ठ सल्लाहकार मित्र वहादुर कुवँर,गुल्मी क्षेत्र नम्बर २ का सभापति वावुराम पन्थी, उपसभापति मन वहादुर जिसि,सचिव माया जिसि,क्षेत्रिय सदस्य नारायण भण्डारी लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै वरिष्ठ सल्लाहकार मित्र वहादुर कुवँर,क्षेत्रिय सभापति वावुराम पन्थी,उपसभापति मन वहादुर जिसि,सचिव माया केसि,क्षेत्रिय सदस्य नारायण भण्डारीले देशमा भएको भष्ट्राचार,मङगि, अनियमितता हटाउदै देशमा शुसासन कायम गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएकाले यश पार्टीमा सवैलाइ जोडिन आग्रह गरे । साथै उनिहरुले आगामी निर्वाचन २०८४ मा एकल वहुमतको सरकार निर्माण गर्नका लागि समेत राष्ट्रिय स्वतन्त्र पार्टी बलियो हुनका लागि आम जनताको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा छिमेकी पालिकाका नेताहरुले समेत आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन उत्तम घिमिरेले गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा आफ्नो सगंठन विस्तार सङै नयाँ कार्यसमिति गठन अभियान कार्यक्रम सञ्चालन गरिरहेको क्षेत्रिय सदस्य नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा