प्रथम गुल्मी महोत्सवको प्रचारप्रसार तीब्र, ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा

अनिष पन्थी
गुल्मी, १८ असोज । गुल्मीमा कार्तिक १५ गतेदेखि २५ गतेसम सन्चालन हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको प्रचारप्रसार लाई तीब्र बनाइने भएको छ । गुल्मी उद्योग संघको आयोजनामा संचालन हुने उक्त महोत्सवको प्रचारप्रसार लाई तिब्र बनाउन बिहिवार सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रम राखीएको हो ।

सबैले आफ्नो ठाउँबाट प्रचारप्रसारमा लाग्न महोत्सव प्रचारप्रसार समितिका संयोजक जनार्दन घिमिरेले जिल्ला सम्पुर्ण पत्रकार एवं सन्चारकर्मिहरुलाइ आग्रह गर्नुभएको छ। “उद्योग कृषि र पर्यटनमा उनिएको थुङा“समुन्त गुल्मीका लागि जाउ हिड रेसुङ्गा भन्ने मुल नारा सहित सन्चालन हुन लाएको महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम  महोत्सव  संचालन हुन  लागेको उद्योग संघ गुल्मीका  अध्यक्ष नवराज भुसालले जानकारी दिए ।
रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए।

११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवर्द्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरलाई चिनाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने गुल्मी उद्योग संघले जनाएको छ । गुल्मीको सदरमुकाम तम्घासको नाम रहन गएको तम्घासस्थान मन्दिर नजिकै पर्यटकीय तथा धार्मिक स्थल अर्जुन डाँडाको काखमा हुने उक्त महोत्सवलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा