बालिकाको बलात्कारपछि हत्या

गुल्मी । कात्तिक १७ गते खोलामा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –०४ शान्तिपुर बस्दै आएकी बाटुली रूचालकी छोरी मनिषा रूचालको बलात्कारपछि हत्या भएको खुलेको हो ।

मनिषा बिहीबार बिहान ११ बजे शान्तिपुरकै खेतमा धान काट्ने खेतालालाई सुर्ति लिन भनी बजार गएकी थिइन् । तर शुक्रबार शान्तिपुरकै पुरानो बजारदेखि उदय मावि जाने पुलको तलपट्टी खोलाको बीच भागमा उनको शव फेला परेको वडाध्यक्ष बल बहादुर बस्नेतले जानकारी दिए ।

बिहान उज्यालो हुँदा स्थानीय हिड्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ घर भई हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २३ बर्षिय रहिस खाँलाई पक्राउ गरेको छ ।

बजारमा रहेको सिसिटिभी फुटेजका आधारमा खाँलाई प्रहरीले सोधपुजको लागि बिहीबार नै नियन्त्रणमा लिएको थियो । उनलाई गुल्मी जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

बाटुलीको घर बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर ३ मा पर्छ । उनी विगत लामो समयदेखि शान्तिपुर बस्दै आएकी थिइन् । खोलामा भेटिएको शव गुल्मी जिल्ला अस्पतालमा पोष्र्ट मार्टम हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्ट मार्टम गरिएको थियो । अहिले बालिकाको शव आफन्तले बुझेर दाहासंस्कार समेत गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा