लोकतान्त्रिक आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गुल्मीमा हुने

टोपलाल अर्याल
गुल्मी, ६ माघ
लोकतान्त्रिक आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी फागुन २६ र २७ गते गुल्मी तम्घासमा हुने भएको छ । शनिबार मदनआश्रित स्मृती भवन एमाले पार्टी कार्यालयमा सम्पन्न लोकतान्त्रिक आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले अधिवेशनको मिति र स्थान निर्धारण गरेको हो । अधिवेशनको उद्घाटन गर्न एमाले उपाध्यक्ष राम बहादुर थापा आउने कार्यक्रम रहेको छ । अधिवेशनका लागि आठ वटा उपसमिति गठन गरिएको छ ।

अमर सिंजापतिको संयोजकत्वमा प्रतिनिधी व्यावस्थापन, बालसिंह काउछाको संयोजकत्वमा आर्थिक तथा प्रतिवेदन लेखन उपसमिति, शुशिला पुनको संयोजकत्वमा अतिथी सत्कार, बोम बहादुर छन्तेलको संयोजकत्वमा आवास तथा भोजन, शान्ता थापाको संयोजकत्वमा साँस्कृतिक उपसमिति, कमला पुनको संयोजकत्वमा मञ्च तथा हल व्यावस्थापन उपसमिति र भुवन चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको प्रेस चौतारी नेपालमा पुर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

बैठकमा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका इन्चार्ज तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल घर्ति, एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका लुम्बिनी इन्चार्ज प्रेम गुरुङ्ग, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बालसिंह काउछा, सचिव विवेक श्रेष्ठ, प्रेस चौतारी नेपालमा पुर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा