माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटीको बैठक सम्पन्न

गुल्मी, २० माघ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेसुङ्गा नगरकमिटी, गुल्मीको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा सबै वडा कमिटीका अध्यक्षले नगरमा पार्टीको अवस्था लगायतका बिषयमा आ–आफ्नो वडाको रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकमा बोल्दै प्रमुख अतिथि पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गुल्मी क्षेत्र नम्बर १ ‘ख’ का संयोजक गीता थापाले पार्टीको वर्तमान अवस्था, राजनीतिक अवस्था लगायतका बिषयमा प्रष्ट पार्दै पार्टी संगठन निर्माणमा लाग्न आग्रह गरेकी थिइन् ।

बैठकले नगरभित्र माओवादी केन्द्रका पार्टी सदस्यको नविकरण गर्ने निणय पनि गरेको छ । बैठकमा पार्टी नगरकमिटी उपाध्यक्ष सीता विश्वकर्मा, खड्ग श्रेष्ठ, सदस्य कमला परियार लगायत नेता तथा कार्यक्रताकाे उपस्थिति रहेकाे थियाे । बैठक माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटी अध्यक्ष गिरीसिंह महाकिमको अध्यक्ष, प्रदेश कमिटी सदस्य थापाको प्रमुख आतिथ्यता एवम् नगरकमिटी सचिव भरत पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा