कृष्णकी राधालाई पत्र

साहुल पाेखरेल

तिमी मेरो भएनौ
म पनि तिम्रो हुन सकिन
तिमी मेरो
र म तिम्रो भएको भए
एउटा प्रेम कहानीले
मूर्त रूप धारण गर्थ्यो
यो संसारमा
सबै सफल प्रेमको चर्चा छैन

राधाले पनि त कृष्णको
हुन सकिनन्
रुक्मणी कृष्णको भएर पनि
चर्चामा रहिनन्
तिमी मेरो राधा हौ
म तिम्रो कृष्ण
तिमी मेरो होइन
र म पनि तिम्रो होइन
तर चर्चा तिमी र मेरो छ

मेरो साथमा रुक्मणी छिन्
तर मेरो नामसँग तिमी छौ
जसरी राधा कृष्ण जपिन्छ
रुक्मणी कृष्ण जपिदैन
त्यस्तै भएका छौं
तिमी र म पनि

चाहेका र पाएका कुराहरू
फरक हुँदा रहेछन्
राधा कृष्णको चाहना हुन
र रुक्मणी कृष्णको प्राप्ति हुन
कृष्णले त राधा संग
जिन्दगी जिउन पाएनन्
तिमी र म त को हो र
सबै चाहेका कुरा पाउने
त्यसैले यो मनकी राधा
मनको कृष्ण नपाएकोमा
गुनासो नगर भो
अर्को जन्ममा
तिमी रुक्मणी भएर जन्मनु
म कृष्ण भएर जन्मिन्छु
अनि साथमै कटाउँला जिन्दगी ।।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा