गुल्मीको उनाएचौरमा खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

अनिष पन्थी
गुल्मी, १७ असोज । गुल्मीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५,६ र ७ को सङ्गम स्थल उनाएचौरमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो। रेसुङ्गा नगरपालिका वडा नम्बर ७ युवा समूहको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ।

कार्तिक ३ गते देखि ५ गते सम्म क्रिकेट खेल सञ्चालन गरिने अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए। खुल्ला क्रिकेट प्रतियोगिता मा सहभागी भई कार्यक्रमलाई सफल बनाउन अध्यक्ष पाण्डेले आग्रह गरेका छ्न ।

क्रिकेट खेलमा सहभागी हुने समुहले टिम दर्ता गर्न तीन हजार नगद लाग्ने आयोजकले जनाएको छ। दर्ता गर्ने अन्तिम मिति कार्तिक २ गते सम्म रहेको आयोजकले बताएको हो।

खेल टेनिस बलले खेलाइने र पहिलो चरण चिट्टा र त्यसपछिका खेलहरू टाइ सिट सिष्टममा खेलाइने आयोजकले जनाएको छ । खेल १० ओभरको खेलाइने र फाइनल खेल भने १५ ओभरको हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले तीस हजार र द्वितिय हुनेले नगद पन्ध्र हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा