हाडहाडेमा ५० हजार राशिको भलिबल प्रतियोगिता हुदैँ

हुमाकान्त पोखरेल

गुल्मी, ०९ कात्तिक । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा ५० हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । हाडहाडे समाजसेवी युवा क्लवले कात्तिक १९ गतेदेखि २३ गतेसम्म खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ः ५० हजार, २५ हजार र १० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यसैगरी महिला भलिबलतर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश २० हजार, १० हजार र पाँच हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष कमल काउछाले जानकारी दिए । कार्यक्रम हुनेबारे हाडहाडेमा बिहीबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको छ ।

ग्रामीण भेगमा खेलको विस्तार एवं् राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष काउछाले बताए । कार्यक्रमकै अवसर पारेर स्लो बाइक रेस, कुखुरा छोप्ने प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको क्लवले जनाएको छ । बिहीबार गरिएको कार्यक्रममा हाडहाडेका वडाध्यक्ष पदम विष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा एमालेका वडा इन्चार्ज ओम बहादुर थापा, नेपाली काँग्रेसका सभापति निर बहादुर घ.म. लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं् प्रतिनिधि, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लवका उपाध्यक्ष केशव परियाको स्वागत मन्तव्य तथा सह–सचिव युवराज घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा