हुमाकान्त पोखरेल
गुल्मी, १० कात्तिक । गुल्मीको धुर्कोट गाउँपालिकामा ८० बर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा गाउँपालिकाभरीका ७० भन्दा बढी बृद्धबृद्धालाई खादा सहित सम्मान पत्र र फलफूल वितरण गरिएको थियो ।
धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी स्वर्गिय बास बहादुर जिसीको सम्झनामा छोराहरु डाक्टर विष्णु बहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्ण बहादुर जिसी र दान बहादुर जिसीको आयोजनामा बृद्धबृद्धा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । सोही कार्यक्रमकै अवसरमा स्वर्गिय बास बहादुर जिसीको सम्झनामा लेखिएको ‘संस्मरण सङ्गालो’ नामको पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयहरुलाई हस्तान्तरण गरिएको थियो । उक्त पुस्तक गत असौज २८ गते काडमाडौको सभागृहमा साहित्यकार शशी पन्थी र पूर्व सासंद एवं् साहित्यकार सूर्य बहादुर सेनले बिमोचन गरेका थिए ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, पूर्व उपाध्यक्ष शिव बहादुर खत्री, समाजसेवी महेन्द्र प्रसाद भण्डारी, लोक बहादुर खत्री, सबै वडाका वडाध्यक्षहरु, सबै माध्यमिक विद्यालयका प्रध्यानाध्यापकहरु ल्गायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक रेशम थापाको संचालनमा सम्पन्न भएको थियो ।