गुल्मीका खरेल नेपाल स्काउट बुटबलको आयुक्त

बुटवल १७ फागुन ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–१ का नवराज खरेल नेपाल स्काउटको बुटवल आयुक्तमा नियुक्त भएका छन् । स्काउटका क्षेत्रमा लामो समयदेखि कार्यरत खरेललाई बुटवल उपमहानगर पालिकाका प्रमुख स्काउटका स्थानिय संरक्षक खेलराज पाण्डेले स्थानिय आयुक्तमा नियुक्त गरेका हुन् । गुल्मी चन्द्रकोट १ का खरेल हाल बुटवल ११ मा बसोबास गर्छन् ।

बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरका स्काउट मास्टर समेत रहेका खरेल नेपाल स्काउट ऐन, २०५० केही संशोधन र यस अन्तरगत बनेको नेपाल स्काउट नियमावली २०७७ बमोजिम सम्पन्न नेपाल स्काउट स्थानीय परिषद निर्वाचन २०८० मा बुटवल उपमहानगरपालिका स्थानीय परिषद सदस्यमा निर्वाचित भएका थिए । खरेललाई नेपाल स्काउट नियमावली २०७७ को परिच्छेद ६ दफा २१ को उपदफा १ ( क) बमोजिम नियमावलीले व्यवस्था गरेअनुसारको कार्यकाल रहने गरी स्थानीय आयुक्तमा उपमहानगर प्रमुख पाण्डेले नियुक्त गरेका हुन् ।

पाण्डेले नेपाल स्काउट ऐन नियम तथा नियमावलीको अधिनमा रही स्थानीय स्काउटका गतिविधिहरु सञ्चालन हुने कुरामा विश्वस्त रहेको भन्दै खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेका छन् । आयुक्तमा नियुक्त भएपछि खरेलले आफ्नो कार्यकालमा बुटवलमा स्काउटको क्षेत्रमा उत्कृष्ट काम गर्न लागि पर्ने बताएका छन् ।

उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ( स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।

साभार ः लुम्बिनीखोज डट कम

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा