पर्छ

आमा किन छाेरीले अन्यायमा चुप बस्नु पर्छ?
नानु ,यस्तै हाे छाेरी भएसी चाेटहरू सहनु पर्छ!!

जतिसुकै हिसांकाे सिकार भएपनि केहि हुदैँन ,
यहाँ बरू आफ्नो इज्जत आफैंले जाेगाउनु पर्छ!!

खुशी हुने अधिकार त कहाँ छ र महाेदय यहाँ ,
झन छाेरीले त हरेक दुःखहरू आफैले भाेग्नु पर्छ!!

अभाव अनि समस्या आउँछ ,बाध्यता आउँछ,
बदलामा छ छाेरीले पसिना वा जवानी बेच्नु पर्छ!!

दिनहु नारीहरू पिडित भैरहन्छन् सरकार सुन्दैन्,
यदि थाेरै सुनाेस भन्ने आफू स्वयम मर्नु पर्छ!!

गुनासो के गर्नु नारीहरू सुरक्षीत छैनन् भनेर यहाँ,
सुरक्षीत हुनलाई त नारीले नारीलाई सम्मान गर्नु पर्छ!!

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा