सरकारले कृषकको उत्पादनको ग्यारेन्टी गरिदिनु पर्छ: जिवनारायण कोईराला

अनिल नेपाली

अर्घाखाँची, १८ असोज । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले सरकारले किसानका पक्षमा निति बनाए पनि कार्यान्वयन गर्न नसकेकोले कृषि पेसा व्यबसायीकरण र सवेदनशील हुन नसकेको बताएका छन् ।

भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले आयोजना गरेको सरोकारवालाहरू अन्तरत्रिया कार्यक्रममा मन्तब्य राख्दै कोईरालाले यस्तो बताएका हुन् । कोईरालाले सरकारले किसानका पक्षका बनाएका निति राम्रा भएतापनि कार्यान्वयनमा कठिनाइ हुदा किसानको उत्पादनको ग्यारेन्टी र बजारीकरण समेत समस्या भएको बताउदै सरकारले कृषकको उत्पादनको ग्यारेन्टी गरिदिनु पर्ने बताए । कार्यक्रममा कृषि प्रमुख बुद्विराज घिमिरे, पशु प्रमुख बिष्णु पौडेल कृषकको बर्तमान अबस्था बजारीकरण भाबी रणनीतिको बारेमा कार्यपत्र प्रस्तुत समेत गनुभएको थियोे ।

 

कार्यक्रममा अगुवा कृषक गोपाल बस्याल,गणेश बन्जाडे,चन्द्र बन्जाडे,छन्द ब क्षेत्री, नरेन्द्र कुमार थारू लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रममा जिल्लामा क्रियाशील बिभिन्न संघसस्थाका अगुवा कृषक सञ्चारकर्मी गाउँपालिका नगरपालिका प्रमुखहरूको उल्लेखनीय सहभागीता रहेको थियोे । कार्यालय प्रमुख बिष्णु पौडेलको अध्यक्षता पशु अधिकृत सुन्दरलाल विकको स्वागत मन्तब्य पशु, प्राविधिक योगेन्द मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा